नया“ कुरा सिकाउने बर्षको रुपमा रह्यो : २०७२

नेपालीको लागि २०७२ साल भनेको नयाँ कुरा सिकाउने बर्षको रुपमा रह्यो । भुकम्पको र नाकाबन्दीको चपेटाको कारणले सारा नेपालीले यो बर्षलाई भुल्न नसक्ने पिडा बन्न पुग्यो । बर्षको सुरुवातमै अर्थात् बैशाख १२ गते नेपालको इतिहासमै दोस्रो ठूलो भुकम्पले नेपालको बिकासलाई झण्डै ५० बर्ष पछि धकेलिदियो । गोरर्खाको बारपाक केन्द्रबिन्दु बनाएर गएर ७.४ रेक्टरको भुकम्पमा ५६ सेकेन्डमै कयौँ नेपालीले आफ्नो खुसी परिवारको सदस्य, आशा गुमाए यो पिडा त थियो नै तर त्यस समयमा नेपालले युवा शक्तिको नयाँ पहिचान पाउन सफल भयो ।
देशका युवा शक्ति जुर्मुराउँदै सहयोगको हात अघि बढाउँदै पिडीत कहाँ पुगे । यो कुराले सारा बिश्वको ध्यान नेपालतिर आकर्षण भयो र नेपाली युवाहरुको बिश्व भरि गौरव चुलियो । यो पिडालाई भुलाउन नेपालको नयाँ संबिधानले मदत ग¥यो । भुकम्पको पिडा भुलाई सारा नेपालीले नयाँ संबिधानको स्वागत गरे ।
भुकम्पको घाउमा नयाँ संबिधानले मलमको काम गर्न सफल भयो ।
बिस्तारै बिस्तारै भुकम्पको पिडा भुल्दै नयाँ संबिधानलाई आधार मानी उठ्नलाई घुँडा टेकीसकेको नेपालीलाई फेरि थला नै पार्ने गरि छिमेकी मुलुक भारतले अघोषित नाकाबन्दी लगाई दियो । नयाँ संबिधानमा चित्त नबुझेको भन्दै लगाएको नाकाबन्दीले नेपालीको महान चाड दशैँ र तिहार पनि पेट्रोल र ग्यासको लाइन मै बिताउन बाध्य बनायो ।
त्यतीखेरको समयमा फेसबुकमा प्रत्येकको भित्ताहरु देखि पत्रपत्रिका हरेक पाना सम्ममा छिमेकी मुलुक भारतको चर्को बिरोध भयो । त्यो नाकाबन्दी अरुको भरमा बाँच्न सिकाउने नेपालीको लागि एउटा राम्रो सिकको रुपमा सावित भयो ।
नयाँ संबिधान संगै नयाँ सरकार आयो जसले नेपालको इतिहासको पानामा नयाँ आयाम थप्ने काम ग¥यो । नेपालका इतिहासमा नै पहिलो पटक सरकारको उच्च ओदाहामा महिलाले आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पायो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार